एउटा गाडी एक्सिडेन्ट जसले बनाइदियो शक्ति कपुरलाई भिलेन

एजेन्सी– खास नाम सुनिल कपुर भएका बलिउडका कलाकार शक्ति कपुरले बलिउड फिल्महरुमा सबै प्रकारका भूमिकामा काम गरेका छन् । दिल्लीको कोरलबागमा ३ सेप्टेम्बर १९५२ मा जन्मिएका शक्ति खासमा अभिनेता बन्न चाहन्थे । तर, उनले एक दिन गाडी चलाउँदा उनको दुर्घटना भयो । उनले त्यसपछि भिलेनका रुपमा फिल्महरुमा काम गर्न थाले । 

खासमा उनी एक दिन गाडी चलाइरहेका थिए । उनको गाडीले अर्को गाडी मर्सिडिजलाई ठक्कर दियो । शक्ति कपुर अत्यन्त रिसाए । उनी गाडीबाट बाहिर निस्किए र मर्सिडिज गाडीमा भएका व्यक्तिसँग पैसा माग्न थाले । 

त्यो गाडीमा चाहिँ फिरोज खान रहेछन् । गाडी एक्सिडेन्टमा परेको कुरामा उनीहरुको केही समय बहस त भयो, तर पछि फिरोजले शक्तिलाई निकै मन पराए । अनि उनले नै आफ्नो साथीसँग कुरा गरेर शक्ति कपुरलाई फिल्म ‘कुर्बानी’मा भिलेनको रोलको प्रस्ताज गरेछन् ।

सुनिल कपुरबाट उनको नाम शक्ति कपुर हुनुमा पनि अर्को रमाइलो कथा जोडिएको छ । शक्ति सुनिल दत्तसँग फिल्म रकीमा काम गरिरहेका थिए । त्यति नै बेला सुनिल दत्तले शक्तिलाई उनको नाम मन नपरेको र नाम भनेको हट हुनुपर्छ भन्ने सल्लाह मात्र दिएनन्, शक्ति नाम पनि दिए । त्यसपछि सुनिलले बाँकी फिल्महरुमा आफ्नो नाम शक्ति कपुर राखे । 





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार ८:१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया