कांग्रेस नेता पौडेलले आफूनिकट नेताहरुसँग छलफल गर्दै

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुसँग छलफल गर्ने भएका छन् । वरिष्ठ नेता पौडेलले आज दिउँसो आफूनिकट नेताहरुसँग छलफल गर्न लागेका हुन् । 

छलफलमा आगामी १४औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने, डडेल्धुरामा एकलौटी रुपमा भएको वडा अधिवेशन लगायतका विषयमा हुने बताइएको छ । 

डडेल्धुरामा संस्थापन पक्षले एकलौटी रुपमा महाधिवेशन गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ । यस्तै आगामी महाधिवेशनमा पौडेल पक्षले साझा उम्मेदवार उठाउने बताएपनि आकांक्षीहरु धेरै भएकाले व्यवस्थापनमा समस्या भइरहेको छ । 

पौडेल पक्षबाट उनीसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुले सभापतिमा दाबी गरेका छन् । 





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार ९:१०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया