विराटले छाडे भारतीय टि-२० क्रिकेट टिमको कप्तानी, को बन्ला उनको उत्तराधिकारी ?

पछिल्ला केही दिनयता भारतीय क्रिकेटर विराट कोहलीले टिमको कप्तानी छाड्ने हल्ला चलिरहेको थियो । यस कुराको पुष्टि बिहीबार भएको छ ।

कोहलीले बिहीबार सामाजिक सञ्जालमार्फत आफूले टि-२० टिमको कप्तानीबाट राजीनामा दिएको जनाकारी गराएका हुन् । 

कप्तानका रूपमा विराट कोहली

विराटले ६५ टेस्टमा कप्तानी भूमिका निवार्ह गर्दा टोलीलाई ३८ जित, १६ हार र ११ बराबरीको नतिजा दिलाएका छन् । उनले ९५ एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानको भूमिका निवार्ह गर्दा ६५ जित, २७ हार १ बराबरीको नजिता निकाल्दा २ खेल बिना नतिजा टुंगिएको छ । 

विराटले ४५ टि-२०अन्तर्राष्ट्रियमा भारतिय टिमको नेतृत्व सम्हालेका छन् । यी खेलमध्ये भारतले २७ जित, १४ हार र बराबरीको नतिजा निकाल्दा २ खेल बिना नतिजा सिकिएको छ । 

विराटको रेकर्ड



अन्तर्राष्ट्रिय क्रिकेटमा विराटले २३ हजारभन्दा बढी रन प्रहार गरेका छन् । उनले तीनवटै फरम्याटमा ५० को औसतमा ब्याटिङ गरेका छन् ।

विराटले ९० टि-२० अन्तर्राष्ट्रिय खेलमा २८ अर्धशतकसहित ५२.६५ को औसतमा ३ हजार १५९ रन बनाएका छन् । उनले २५४ एक दिवसीय अन्तर्राष्ट्रियमा ४३ शतक र ६२ अर्धशतकसहित ५९.०७ को औसतमा १२ हजार १६९ रन जोडेका छन् ।



उनले ९६ टेस्ट क्रिकेटमा समान २७-२७ शतक र अर्धशतकसहित ५२.६५को औसतमा ७ हजार ७६५ रन प्रहार गरेका छन् । 

को बन्ला भारतीय क्रिकेट टिमका कप्तान ?

अझै पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले विराटको स्थानमा को कप्तान बन्छ भन्ने विषयमा प्रष्ट पारिसकेको छैन । 

विभिन्न सञ्चार माध्यमका अनुसार विराटको स्थान उपकप्तान रोहित शर्माले लिने सम्भावना छ । 

यो विषयमा विभिन्न समयमा चर्चापरिचर्चा पनि हुने गरेको छ । रोहितले हालसम्म १५ टि-२० अन्तर्राष्ट्रियमा भारतीय टोलीको कप्तानी गर्दा १५ खेलमा जित हात पारेका छन् । 

(बिबिसी हिन्दीकाे सहयाेगमा)


 

  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १३:४१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया