चीनबाट एकैदिन आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत आज दिउँसो सवा २ बजे खोप काठमाडौं ल्याइएको हो । 

नेपालले चीनसँग पछिल्लो पटक ६० लाख डोज खोप किनेको थियो । जसमध्ये १६ लाख डोज भदौं ४ र ५ गते ल्याइएको थियो । अहिले एकै पटक ४४ लाख डोज खोप ल्याइएको हो । यसअघि एक पटकमा ८ लाख डोज मात्र खोप ल्याइएको थियो । त्यो बेला एक भायलमा दुई डोज मात्र हुन्थ्यो । जसले गर्दा एक जहाजमा ८ लाख डोज मात्र ल्याइएको थियो । अहिले भने एक भायलमा ५ डोज खोप हुन्छ । जसले गर्दा ४४ लाख डोज खोप नै ल्याउन सम्भव भएको हो । 

चीनबाट अहिलेसम्म ७४ लाख डोज भेरोसेल खोप नेपाल आइसकेको छ ।





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १५:४२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया