आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको हो ।
नेपालले आज सुरुवाती ११ मा एक परिवर्तन गरेको छ । विक्रम सोबको स्थानमा तिब्र गतिका युवा वलर गुल्सन झाले खोल्ने भएका हुन् । यो उनका लागि पहिलो अन्तर्राष्ट्रिय खेल हो ।
नेपालको सुरुवाती ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, करण केसी, सुसन भारी सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, विनोद भण्डारी (विकेटकपर),सन्दीप लामिछाने, गुल्सन झा ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।