हीरालाल श्रेष्ठले सेञ्चुरी बैंकको चेकबाट परिवर्तित नाम ‘शंकर’लाई २५ लाखको चेक काटिदिए । खातामा भने पैसा थिएन, जुन उनलाई मात्र थाहा थियो।
सोही चेक साट्न शंकर बैंक गए । जहाँ उनले हीरालालले दिएको चेकमा पैसा नभएको थाहा पाए र, बैंकिङ कसूर गरेको आरोपमा प्रहरीमा जाहेरी दिए ।
तर, त्यसपछि हीरालाल भने फरार भए । यता उच्च अदालत पाटनले गएको असार २९ मा बैंकिङ कसूरमा हीरालालाई दोषी ठहर गर्दै १० दिन कैद र २५ लाख जरिवानाको फैसला सुनाएको थियो ।
अदालतले दोषी ठहर गरेर फैसला सुनाएको दुई महिनापछि आज हीरालाल पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो । सिआइबी प्रवक्ता श्यामकुमार महतोले ललितपुरबाट उनलाई पक्राउ गरेको बताए । फैसला कार्यान्वयनका लागि सिआइबीले आजै उनलाई अदालतमा पेस गरेको छ ।
हीरालाल खोटाङ रूपाकोट मझुवागढी-१० का निवासी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।