छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । मोरङ, झापा, तनहुँ, कैलाली र नवलपरासी (पश्चिम)मा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोरङको  बुढीगंगा गाउँपालिका–३ पाईनियर फ्याक्ट्री अगाडि बा.११ च १५७१ नम्बरको कार बिहीबार अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा कारमा सवार चन्द्रकला राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मोरङको विराटनगर महानगरपालिका–१२ स्थित भित्री सडकमा को.२१ प ५६१२ नम्बरको स्कुटर बिहीबार राति दुर्घटना हुँदा चालक रंजित कुमार शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

झापाको मेचीनगर नगरपालिका–१२ कालिझोडामा बिहीबार राति को.२० प ४ नम्बरको मोटरसाइकल मे.१ त ७०६३ नम्बरको ट्याक्टरमा ठोक्किदा मोटरसाइकलमा सवार युवराज लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कन्काई नगरपालिका–६ दूर्गापुर बस्ने ३५ वर्षीय दिलिप कुमार कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



झापाकै बुद्धशान्ति गाउँपालिका–३ सात नम्बर चोकमा मे.१० प ६०७ नम्बरको स्कुटर र प्र.१–०१–००१ज ३५५५ नम्बरको पिकअप बिहीबार राती ठोक्किदा स्कुटर चालक मेचीनगर नगरपालिका–१३ बस्ने ३२ वर्षीय परशुराम लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार मेचीनगर नगरपालिका–१३ बस्ने ३० वर्षीया मनिषा लिम्बुको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



तनहुँको ब्यास नगरपालिका–१२ मुसेखोला पुल नजिक ना.७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई गएराति दुर्घटना हुँदा ट्रक चालक हाल पहिचान नखुलेका अन्दाजी २८ वर्षीय पुरुषको  घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रकमा सवार नवलपरासी कावासोती बस्ने १४ वर्षीय राजकुमार बिकलाई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा से.४ प ८७३ नम्बरको मोटरसाइकल रोकी राखेको ना.४ ख ३४२५ नम्बरको ट्रकमा बिहीबार राति ठोक्किदा मोटरसाइकल चालक टेक बहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । 

नवलपरासी(पश्चिम)को सुनवल नगरपालिका–७ ज्यामिरेमा लु.३७ प ६९५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर  घाइते भएका उनको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।      
    
 

  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १६:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया