१ अर्ब २५ कराेड लगानीमा बनेकाे लोत्से मल सञ्चालनमा

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ । 

लोत्से बहुउद्देश्यीय प्रालिको एक अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनियर दिपक कुँवर, सञ्चालक हर्कबहादुर तामाङ र लक्ष्मी बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत सुविद भट्टराईले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।

गोङ्गबुस्थित विष्णुमती किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कभित्र १३ रोपनी क्षेत्रफलमा लोत्से मल निर्माण गरिएको हो । ८ तलाको लोत्से हलमा १०० साना गाडी र २०० मोटरसाइकल अट्ने अण्डरग्राउण्ड पार्किङ रहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दिपक कुँवरले आफूहरूले चुनौतीका बीच अर्बौ खर्च गरेर मल निर्माण गरिएको भन्दै राज्यले पनि व्यवसायीहरूलाई व्यवसायका लागि सहज वातावरण बनाइदिनुपर्ने बताए ।  उनले राज्यले व्यवसायीको व्याजको सहजीकरण गरिदिनुपर्नेमा उनले जोड दिए ।

मलभित्र २०२ पसल कवल, सुविधासम्पन्न दुईवटा रेस्टुरेन्ट, दुईवटा पार्टी प्यालेस, दुईवटा सिनेमा हल, न्यु वाल अन्तर्राष्ट्रिय होलसेल बजार रहेको छ । त्यस्तै बैंक, वित्तीय संस्था, सहकारी, सैलुन लगायतका पसलहरू पनि सञ्चालनमा रहेका छन् । 

उक्त मलभित्र ६ वटा लिफ्ट र १४ वटा एलिभेटर लिफ्ट समेत रहेका छन् । नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बसपार्कको रुपमा विकास गर्न लोत्सेले प्रविधिलाई जोड दिएको तथा ३२ टिकट काउण्टरलाई प्रविधिसँग जोडेको अध्यक्ष कुँवरले बताए ।



बसका चालक, सहचालक र यात्रुहरूलाई लक्षित गरेर सहुलियत दरमा सफा र स्वस्थ खाना, खाजा र बस्नको व्यवस्थाका लागि होटल तथा लजको समेत व्यवस्था गरिएको छ । बसपार्कभित्र अपांगमैत्री शौचालय, पेट्रोल पम्प, ग्यारेज र प्रहरी कार्यालय समेत सञ्चालनमा ल्याइएको छ ।



  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १६:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया