काठमाडौंमा असोज ४ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ। काठमाडौंका विभिन्न १४५ वटा खोप केन्द्रमार्फत् खोप लगाउन सकिने जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खाेप अभियान तीन दिनसम्म चल्नेछ ।
यसअघि पहिलो डोज लगाएको कार्ड देखाई खोप लगाउन सकिनेछ । काठमाडौं महानगरपालिकाका १७ वटा खोप केन्द्र, यस्तै कीर्तिपुर नगरपालकिामा १० केन्द्रमा, चन्द्रागिरि नगरपालिकामा १५ केन्द्रमा, नागार्जुन नगरपालिकाको १० केन्द्रमा खोप लगाइनेछ ।
यसैगरी तार्केश्वर नगरपालिकाको ११ केन्द्र, दक्षिणकाली नगरपालिकाको ९ केन्द्र, बुढानीलकण्ठ नगरपालिकाको १३ केन्द्र, टोखा नगरपालिकाको ११ केन्द्र, गोकर्णेश्वर नगरपालिकाको ९ केन्द्र, शंकरापुर नगरपालिकाको ९ केन्द्र र कागेश्वरी मनोहरा नगरपालिकाको ९ खोप केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज दिइनेछ ।
यस्तै नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउन सकिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।