भारतमा भएको रेल दुर्घटना, साठीको मृत्यु

नयाँ दिल्ली– भारतको उत्तरी राज्य पञ्जाबस्थित अमृतसरमा शुक्रबार भएको रेल दुर्घटनामा परी करिब ६० व्यक्तिको ज्यान गएको छ । प्रहरी स्रोतले जानकारी दिएअनुसार हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिकनजिकै भेला भएका मानिसमाथि रेल गुडेपछि सो घटना भएको थियो । 

पुत्ला जलाउन लागेको भिडको आवाजले गर्दा रेल आफूतिर आउँदै गरेको रेलको आवाज नसुनिएका कारण सो दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । तर, आफन्त गुमाएर आक्रान्त भएका व्यक्तिहरूले भने सरकारले सुरक्षालाई ध्यान नदिएको भन्दै शनिबार प्रदर्शन गरेका छन् । 

‘जालन्धर–अमृतसर एक्प्रेस’ नामक यस रेलको मार्गमा दर्जनौँ व्यक्ति जम्मा भएका र अचानक तीनवटा झट्कापछि रेल पल्टिएको बताइएको छ । शुक्रबार भएको यस दुर्घटना रेल चालकले रोक्न खोज्दा पनि नसकेको बताइएको छ । यद्यपि यस घटनापछि राजनीतिक पार्टीलगयातत रेलवे अधिकारीहरू र सर्वसाधारणबीच आरोप–प्रत्यारोप सरु भएको छ । 

दुर्घटनामा परी ५९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएको अमृतसर चिकित्सा सेवाका प्रमुख हरदीप सिंहले बताए । घाइतेमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ । सिंहका अनुसार हालसम्म २५ शवको मात्र परिचय खुलेको छ । 

घटना शुक्रबार साँझ करिब ६ः३० बजे भएको थियो । घटनामा ज्यान गुमाउनेको संख्या अझ बढ्न सक्ने प्रहरीको अनुमान रहेको छ । भारतमा हरेक महिना रेलमार्गबाट सवारी साधन पार गर्दा नै दुर्घटना भएको पाइन्छ । 

भारतीय सरकार सन् २०१२ मा प्रकाशनमा ल्याएको एक प्रतिवेदनअनुसार हरेक वर्ष भारतमा हुने गरेको रेल दुर्घटनामा परी करिब १५ हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् । 





  • प्रकाशित मिति : कात्तिक ४, २०७५ आइतबार १४:२०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया