सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डलले पूर्णता पाउँदै

सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । प्रदेश सरकारले नेकपा (एकीकृत समाजवादी)का तर्फबाट थप दुई जनालाई मन्त्री नियुक्तको तयारी गरेसँगै मन्त्रिमण्डलले पूर्णता पाउन भएको हो ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एकीकृत समाजवादीका प्रदेशसभा सदस्य तारालामा तामाङलाई आर्थिक मामिला तथा योजनामन्त्री र माया तामाङ बोहरालाई आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको नियुक्त गर्ने तयारी गरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार शुक्रबार साँझ नै उनीहरूलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी रहेकाे छ ।

तारालामा तामाङ तत्कालीन नेकपा एमालेबाट कञ्चनपुरबाट निर्वाचित सांसद हुन् भने बोहरा बझाङबाट समानुपातिक सांसद हुन् । तारालामा तामाङ यसअघि एमालेका प्रमुख सचेतक थिए । उनी कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । 

राज्यमन्त्री  माया तामाङ बोहरा बझाङबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेश सभा सदस्य हुन् । बोहरा एमाले विभाजनका बेला अध्यक्ष ओलीको पक्षमा खुले पनि २१ भदौमा एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेकी थिइन् । 

पार्टी विभाजनपछि पनि एमालेमै रहने निर्णय गरेका तत्कालीन आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले र अर्थराज्य मन्त्री अर्चना गहतराजले राजीनामा दिएपछि ती दुवै पद खाली रहेको छ । । 



सुदूरपश्चिममा एमाले विभाजनपछि एकीकृत समाजवादी १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ । एकीकृत समाजवादीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र दुईजना राज्यमन्त्री यसअघि नै प्रदेश सरकारमा छन् ।
 



  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १७:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया