सहिद कामेश्वर-कुशेश्वरको ४९ औं स्मृति दिवस मनाइयो

वि.सं. २०२९ साल असोज १ गते विद्यार्थी आन्दोलनमा शहादत प्राप्त गरेका सहिद कामेश्वर-कुशेश्वरको आज ४९ औं स्मृति दिवस मनाइएको छ । 

नयाँ शिक्षा योजनाको विरोधमा गुणस्तरीय शिक्षाका लागि २०२९ साल असोज १ गते विद्यार्थी आन्दोलनको क्रममा आफ्नो ज्यानको आहुति दिई देशमा विद्यार्थीको भविष्यलाई अन्धकारबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका धनुषा हडबाडाका सहीद कामेश्वर मण्डल र मुरीवाका कुशेश्वर यादवको ४९ औं स्मृति दिवस मनाइएको हो । 

२०२९ असोज १ गते कामेश्वर र कुशेश्वरमाथि तत्कालीन पञ्चायती सरकारको प्रहरीले गोली चलाउँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो । तत्कालीन पञ्चायती सरकारले लागू गरेको नयाँ शिक्षा योजनाको विरोधमा उनीहरूले आन्दोलन गरेका थिए । 

आज धनुषाको यदुकुहामा स्मृतिसभा मनाएर कामेश्वर–कुशेश्वरको सम्झना गरिएको छ । 

लोकतान्त्रिक आन्दोलनमा कामेश्वर-कुशेश्वरले दिएको योगदान अविस्मरणीय रहेको स्मृतिसभामा सहभागी वक्ताहरूले बताए । कामेश्वर-कुशेश्वरले दिएको बलिदान कसैले बिर्सन नहुने उनीहरूको भनाइ छ ।

४९ वर्ष अगाडि कामेश्वर–कुशेश्वरसहितका व्यक्तिहरूले दिएकै योगदानका कारण मुलुक अहिले लोकतन्त्र हुँदै गणतन्त्रसम्म प्रवेश गरेको छ । स्मृतिसभामा सहभागी नेताहरूले कामेश्वर-कुशेश्वरले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएकाे योगदान सदैव स्मरणीय हुने बताए ।





  • प्रकाशित मिति : असोज १, २०७८ शुक्रबार १७:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया