एएफसी महिला एसियन छनोट : पहिलो खेलमा नेपालले फिलिपिन्सको सामना गर्दै
फाइल फाेटाे

एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपालले शनिबार फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘एफ’ अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । तर, फिफा वरीयतामा ३३ स्थान माथिको फिलिपिन्सविरुद्ध 
जित निकाल्न नेपाललाई सहज भने हुनेछैन ।  

फिफाको महिला वरीयतामा नेपाल १०१ औं स्थानमा रहँदा फिलिपिन्स ६८ औं स्थानमा रहेको छ ।

नेपाली टिमकी कप्तान रेनुका नगरकोटीले वरीयताले खेलमा असर नगर्ने बताउँछिन् । आफ्नो टोलीसँग बलियो टिमलाई हराउन सक्ने आत्मविश्वास रहेको रेनुकाको भनाइ छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले यस छनोट नेपालका लागि चुनौती र अवसर दुबै भएको बताए । उनले दुबै खेलमा टिमले उत्कृष्ट प्रदर्शन गर्ने विश्वस्त लिएको बताए । 



नेपालले आफ्नो दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ । 

समूहको शीर्ष टोलीले अर्को वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने  महिला एसियन कप खेल्नेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने छ । 



  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार ७:३७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया