राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग : उद्घाटन खेलमा द राइजिङ र स्काई गोल्स भिड्दै

राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिग शनिबारबाट पोखरामा सुरु हुँदैछ ।

पोखराको बहुदेशीय कभर्डहलमा आयोजना हुने लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काई गोल्स काठमाडाैंले प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसो २ बजे सुरु हुनेछ ।

आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

असोज २२ सम्म चल्ने लिगमा १० टोलीको सहभागिता रहनेछ ।  फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ । म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।

एन्फाले यस प्रतियोगिताबाट एएफसी फुटसल एसियन कप छनोट खेल्ने नेपालको राष्ट्रिय फुटसल टोली चयन गरिने जनाएको छ ।
 





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार ८:१६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया