दुई श्रीलंकन खेलाडी पोखरामा अनुबन्ध

पोखरा राइनोजले चाैंथाे संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि दुई श्रीलंकन खेलाडीलाई पनि अनुबन्ध गरेको छ । 

पोखराले अलराउण्डरद्वय असेला गुनारत्ने र साहान अराससिगेलाई क्लबमा भित्र्याएको हो । 

गुनारत्नेले श्रीलंकाका लागि ६ टेस्ट, ३१ एकदिवसीय अन्तर्राष्ट्रिय र १२ टी २० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले तिनै प्रारूपमा गरी २ शतक र ६ अर्धशतकसहित १ हजार २५५ रन बनाउँदा ३० विकेट हात पारेका छन् ।

अराससिगेले राष्ट्रिय टिमबाट नखेले पनि ३४ टी-२० म्याच खेलेका छन् । जसमा उनले ४५८ रन बनाएका छन् ।

पोखराले यसअघि नै दक्षिण अफ्रिकाका ब्याट्सम्यान रिचर्ड लेभी र वेस्ट इन्डिजका बलर केस्रिक विलियम्सलाई अनुबन्ध गरिसकेको छ ।



यही असोज ९ देखि २३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने इपिएल ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ ।



  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार ८:४३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया