नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ बाट सुरु हुने

नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गतेबाट सुरु हुने भएको छ।

शुक्रबार बसेको कांग्रेस काठमाडौँ जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको हो ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै यस्ताे निर्णय गरिएकाे कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए ।

काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौँमा १३८ वडा छन् । 

काठमाडौंमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन् ।





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १०:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया