भारतमा थप ३५ हजार ६६२ संक्रमित, ३२० मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा थप ३५ हजार ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३३ लाख ८१ हजार ७२८ पुगेकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप ३२० संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४४ हजार २४८ पुगेकाे छ ।

यही अवधिमा ३३ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड २५ लाख ९८ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ । 
 





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १०:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया