कपिलवस्तुमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् ।
जिल्लाकाे शिवराज नगरपालिका-१ बनकसवासामा रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भई दुर्घटना भएको हो ।
बसमा ३१ यात्रु सवार थिए । जसमध्ये १८ जना घाइते भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव निरीक्षक हरी जिसीले जानकारी दिए।
प्रहरीका अनुसार घाइतेमध्ये १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । बाँकी ५ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ।
तीव्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
फरार बसचालककाे खाेजी भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।