रेड पाण्डाको छालासहित चारजना पक्राउ

रेड पाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ । वीरेन्द्रनगर– ८ खजुरास्थित होटल मानसरोवरको कोठा नम्बर ११५ बाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

रेड पाण्डाको छालासहित पक्राउ पर्नेमा कालिकोटको रास्कोट नगरपालिका– ८ का मनबहादुर बुढा, ठाँटीकाँध गाउँपालिका– १ का विष्णु रावत, नारायण नगरपालिका– १० का नरेन्द्र थापा र पूर्णबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताए । 

‘विशेष सूचनाका आधारमा खानतलासी गर्दा खाटको सिरानीमुनि लुकाई छिपाई राखेको कालो रंगको हाते झोला भित्र रातो खैरो रंगको रेड पाण्डाको छाला एक थान, मोबाईल ५ थान फेला परेको हो,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा चारजनाले वीरेन्द्रनगरकै एक स्थानबाट त्यहाँ ल्याएको र छालालाई होटलमा ल्याएबापत जनही ५० हजार रुपैयाँ लिइसकेको बताएका छन् ।’





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १५:५१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया