क्यानले नियुक्त गर्यो सातै प्रदेशमा प्रशिक्षक

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार ७ प्रदेशका लागि १० प्रशिक्षक नियुक्त गरेको छ । 

क्यानले प्रदेश १का लागि पुष्प थापा, प्रदेश–२ मा प्रकाश शर्मा र सुनिल शाह तथा बागमती प्रदेशमा सञ्जय महर्जनलाई प्रशिक्षक नियुक्त गरेको हो ।   

रिजन प्रजुले गण्डकी प्रदेशको प्रशिक्षण सम्हाल्दा लुम्बिनी प्रदेशका लागि वसन्त शाही र जमिल अन्सारी प्रशिक्षकमा नियुक्त भएका छन् ।  

वीरेन्द्र शाही कर्णाली प्रदेशको प्रशिक्षक बन्दा सुदूरपश्चिम प्रदेशको प्रशिक्षण खेमराज भट्ट र जानकी भट्ट सम्हाल्ने क्यानले जनाएको छ ।





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १६:३२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया