मलेसियाबाट एकैदिन ६ नेपालीको शव र १५ जनाको अस्तु ल्याइयो

मलेसियाबाट एकैदिन ६ जना नेपालीको शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले मलेसियामा मृत्यु भएकाहरूको शव र अस्तु नेपाल ल्याइएको हो ।

नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रको पहलमा शव र अस्तु नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ । कानुनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मृत्यु भएका व्यक्तिको शव नेपाल ल्याउन समस्या भएको थियो । जनउद्धार समितिको पहलमा यसअघि पनि धेरै शव नेपाल पठाइएको छ ।

जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाहरूका लागि आर्थिक सहयोग संकलन गरेर शव नेपाल पठाउने व्यवस्था मिलाइएको बताए ।

शव नेपाल पठाइएकामध्ये एकजना १९ वर्षअघि मलेसिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ । लमजुङको दुधपोखरी गाउँपालिका ६ का गोविन्दकुमार थापाको नेपाल फर्किने क्रममा विमानस्थलमै अकस्मात् बेहोस भएर ढलेर मृत्यु भएको थियो ।

सन् २००२ मा मलेसिया गएर उनी सम्पर्कविहीन भएका थिए । लामो समयदेखि गैरकानुनी रूपमा बस्दै आएका उनको शव नेपाल ल्याउन निकै झन्झट भएको थियो ।





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १८:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया