एएफसी महिला एसियन कप छनोट : अग्रता जोगाउन नसक्दा नेपाल पराजित

एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा नेपालले पराजय बेहोरेको छ । उसले शनिबार फिलिपिन्ससँगको खेल २–१ले गुमाएको हो । 

समूह एफअन्तर्गत उज्वेकिस्तानको जेएआर फुटबल मैदानमा खेलको दसौँ मिनेटमा विमला चौधरीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । उनले गीता रानाको क्रस बललाई हेडमार्फत पोस्टको दिशा दिएकी हुन् ।

खेलको ६३औँ मिनेटमा पूजा रानाको स्थानमा मैदान प्रवेश गर्दै विमला विकले सिनियर महिला टोलीबाट डेब्यु गरिन् । 

९०औँ मिनेटमा तहनाई अन्निसको गोलमार्फत फिलिपिन्स खेलमा फर्कियो । थप गरिएको समयमा केमिली विल्सनले गोल गर्दै टोलीको जित पक्का गरिन् । 

अब नेपालले मंगलबार हङकङसँग दोस्रो खेल खेल्नेछ । उसलाई महिला एसियन कपमा छनोट हुने सम्भावना जीवित राख्न यो खेल जित्नैपर्ने दबाब सिर्जना भएको छ । 





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार १८:५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया