पुटिनले दिएका थिए यात्रुवाहक विमान खसाल्ने आदेश ?

केही दिनअघी इरानमा एउटा विमान दुर्घटनामा पर्याे । याे विमान दुर्घटनामा पशि्चमाहरुले इरानकै कारण बताएका छन् । युक्रेनी विमान दुर्घटना हुँदा विमानमा रहेका १७६ जना यात्रु र ९ चालक दलका सदस्यकाे निधन भयाे । 

इरानले गल्तीले मिसाइल हानेर विमान दुर्घटना भएकाे अमेरिका बेलायत क्यानडालगायतका देशले दाबी गरेका छन् । युक्रेनका अधिकारीहरुले चाहिँ यसमा रुसकाे संलग्नता भएकाे हुनसक्ने बताएका छन् । 

तर रुसका राष्ट्रपति पुटिनबारे यसअघि अर्काे विमान खसाउन आदेश दिएकाे चर्चा चलिरहेकाे हुन्छ ।

विश्वमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबारे एउटा किस्सा गज्जबले चल्छ । त्यो हो, उनको सम्बन्ध विच्छेदको ।

एकपटक उनी एउटा कार्यक्रममा श्रीमतीसँग पुगे । श्रीमतीलाई लिएर पुटिन कार्यक्रममा गएको त्यो नै पहिलो पटक थियो । कार्यक्रममा उनले भने– आज म श्रीमती लिएर कार्यक्रममा आएको छु, किनकि म यहीँबाट उनीसँग सम्बन्ध विच्छेद गर्दै छु । नभन्दै उनले त्यही सम्बन्ध विच्छेदलाई आधिकारिकता दिए ।

त्यसैले पुटिनले गरेका ‘सनकी’ लाग्ने कामहरुको विश्वास संसारले गर्छ । त्यही मध्ये एक हो– उनले यात्रुहरु सवार भएको विमानलाई खसाल्न दिएको आदेश ।



पुटिनले विमानभित्र बम छ भन्ने खबर पाएपछि यो आदेश दिएका थिए । यो सन्दर्भ हो, सन् २०१४ को । रुसमा विन्टर ओलम्पिक आयोजना भएको थियो । त्यो विमानको बम ओलम्पिक हुने ठाउँमा खस्ने अनुमानमा पुटिनले यस्तो आदेश दिएका थिए । जहाज यात्रु बोकेर युक्रेनबाट टर्कीतर्फ गइरहेको थियो । तर, त्यो विमान पुटिनको आदेशमा पनि खसालिएन ।

यो कुरा अहिलेसम्म कसैलाई पनि थाहा थिएन । जब पुटिनले एक डकुमेन्ट्रीमा यो तथ्य उजागर गरे, विश्व चकित भयो । समाचार एजेन्सी रोयटर्सको खबर अनुसार, पुटिन फिल्ममा भन्छन्–‘मलाई भनियो कि, युक्रेनबाट इस्तानबुल जाने हवाइजहाजलाई नियण्त्रणमा लिइएको छ । र नियन्त्रणकर्ताले त्यसलाई सोचीमा अवतरण गर्नेकुरा छ ।’



रिपोर्टर एन्ड्र कन्द्राशोवले चाहिँ, हार्किवबाट ११० यात्री लिएर टर्कि पेगेसस एअरलाइन्स नामक बोइङ् ७३७–८०० विमान इस्तानबुल जाँदै गरेको बताएका छन् । कन्द्राशोवले पाइलटलाई उद्धृत गर्दै भनेका छन्–‘एक यात्रु नजिकै बम थियो । र आफूँलाई नियण्त्रणमा लिएर जहाज सोचीमा अवतरण गर्न लगाइयो ।’

‘सुरक्षा अधिकारीले मलाई भनेका थिए कि, यस्तो स्थितिमा प्रक्रियाको हिसाबबाट जहाजलाई खसाल्नु नै बुद्धिमानी हुनेछ ।’ यता डकुमेण्ट्रीमा पुटिन भन्छन्– ‘जवाफमा मैले उनीसँग, प्रक्रियाको हिसाब अनुसार नै गर भनिदिएँ ।’

पुटिन थप्छन्—‘केही मिनेटपछि मलाई दोस्रो कल आयो । जसबाट यो थाहा भयो कि, अघिको खबर गलत थियो’ पुटिनको स्पष्टोक्ति छ– ‘त्यसको केही समयमै आफूँ ओलम्पिक समारोहमा पुगेँ ।’

रोयटर्सको अनुसार राष्ट्रपति कार्यालयका प्रवक्ता दमित्रि पेस्कोवले पनि पुटिनको कुरालाई पुष्टि गरेका छन् । यस डकुमेण्ट्रीको पहिलो भाग सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । पोस्ट गरिएको एकाउण्टलाई एक मिडिया म्यानेजर र टिप्पणीकार दमित्रि किसेल्योवका साथै एक राष्ट्रपति समर्थक युटुब एकाउण्ट मानिएको छ । डकुमेण्ट्रीमा टिभी एङ्कर र पुटिनको मिडिया सचिव कन्द्राशोव पुटिनसँग सोध्छन्–‘के कहिल्यै कुनैपनि स्थितिमा क्रिमियालाई युक्रेन फर्काइदिनेबारे सोच्नुभएको थियो ?’

रूसको टस समाचार अनुसार, पुटिनले यसको जवाफ दिए–‘तपाईँ के भन्दै हुनुहुन्छ ? यस्तो स्थिति न कहिल्यै आयो र न अब कहिल्यै आउनेछ । रूसले २०१४ मा क्राइमिया प्रायद्विपलाई आफ्नो कब्जामा लिएको थियो ।

गतसाल सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघले रूसमाथि क्राइमियामा मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको आरोप समेत लगाएको थियो । पुटिनको स्विकारोक्ति छ, उनका हजुरबुबा रूसका पूर्व नेताहरु भ्लादिमिर, लेनिन र जोसेफ स्टालिनको घरमा खाना बनाउँथे । साथै स्पिरिडन पुटिन, स्टालिनका स्टाफहरुमध्य राम्रोमा गनिन्थे । यसरी स्पिरिडन पुटिन सोभियत सरकारमा आफ्नो मृत्युको केहीदिन पहिलेसम्म काम गर्दै थिए ।

१९६५ मा ८६ वर्षको उमेरमा उनको मृत्यु भयो ।

  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार २३:५३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया