बिल गेट्सलाई सफल बनाउने ८ बानी

बिल गेट्स कसरी १ ट्रिलियन अमेरिकी डलरको मालिक भए ?

उनकोे कामप्रति मेहेनत र निष्ठा त छँदै तर उनको योे सफलताको रहस्य के हो ?

बिल गेट्सलाई सफल बनाउने ८ बानीहरु यहाँ उल्लेख गरिएको छ । 

 

१. अध्यनशील 

बिल गेट्स हावर्ड ड्रपआउट हुन भनेर धेरै प्रख्यात छन्, तर उनि र उनको साथीले सफ्टवेयर कम्पनीको क्षेत्रमा देखेको सम्भावनाकै कारण उनी हावर्डबाट निस्किएका हुन् । वास्तवमा उनलाई पढ्नमा एकदमै रुचि थियो । उनी विभिन्न क्षैत्रको ज्ञान लिन सधै तत्पर रहन्थे । यही कुरा नै बिल गेट्सको राम्रो पक्ष थियो । आफुलाई रुचि लाग्ने कक्षामा बस्न सकियोस् भनेर भुइँ बडार्ने, सफा गर्ने जस्ता काम पनि गर्थे उनी  । 



२.उनी सबै किसिमका किताब पढ्छन्

उनी विभिन्न खालका पुस्तकहरु पढ्थे । एउटा अन्तर्वार्तामा उनका बुबाले भनेका छन्, ‘उ हरेक खालको किताब पढ्छ । शब्दकोश, विज्ञान, आख्यान, तपाईंले जुनसुकै क्षेत्रको पुस्तक दिनुस् ।’ उनको पढ्ने बानी यत्ति भयानक भयो कि पछि उनका बुबाआमाले खाना खाने बखतमा टेबलमा पढ्न नपाइने नियम बनाउनु परेको थियो । उनी हरेक वर्ष आफुले पढेका पुस्तकको सुची बनाएर प्रकाशित गर्छन् । 



३.सफलताको श्रेय उनी कहिल्यै एक्लै लिँदैनन् 

एउटा अन्तर्वार्तामा ‘मलाई लाग्छ मैले आफ्नो बिजनेसमा राम्रो निर्णय लिएर भन्दा पनि राम्रा मान्छेलाई साथमा लिएर काम गरे ।’ त्यसबेला उनको र एलेन बिचको सम्बन्ध धेरै नै बिग्रिएको थियो । तरपनि उनले आफ्नो सफलताको श्रेय आफ्नो साथीलाई दिन बिर्सेनन् । हामीले आफुलाई उचाइमा पुर्याउने र आफ्नो प्रचार गर्ने काम गर्न पर्छ तर साथसाथै आफुले प्राप्त गरेको सफलतामा आफ्ना सहकर्मीलाई भुल्नु हुँदैन ।  

४.उनी आफ्नो निर्णयमा विश्वास गर्दछन् 

कुनै पनि व्यवसायको थालनी गर्दा अरुको कुरा सुन्नाले हामीलाई आफ्नो व्यवसायलाई माथि पुर्याउन सहयोग गर्दछ । तर यदी तपाई बिल गेट्स जसरी काम गर्न र गट्सजस्तै सफल हुनु चाहनुहुन्छ भने कुनै पनि निर्णय लिदा सर्वप्रथम आफैलाई साध्नुहोस् । आफ्नो निर्णयमा यतिसम्म अडिग रहनुहोस् कि पुरै संसारले तपाईको निर्णयलाई गलत भने पनि विमुख नहुनुहोस् । बिल गेटसले निर्णय गर्दा अरुले भनेको कुरा सुन्दैनथे । आफुलाई जे सहि लग्यो त्यहि गर्थे ।  

५.पैसाको मामिलामा गेट्स निकै अन्धविश्वासी छन् 

सन् १९९८ मा एउटा अन्तर्वार्तामा उनले भनेका थिए, ‘म ब्याङ्कमा एक वर्षको घाटालाई व्यहोर्न सक्ने पैसा जम्मा गर्छु यद्यपि हामीले केही नोक्सान व्यहोर्न नपरेपनि । यो आजसम्म गलत साबित भएको छैन ।’ उनले थपे, ‘हामीसँग अहिले अर्काे एक वर्षमा हुन सक्ने घाटालाई व्यहोर्न दस बिलियन अमेरिकी डलर छ र यो रकम एक वर्षका लागि प्रयाप्त रकम हो ।’ 

६.उनी गल्तिबाट चाँडै सिक्छन्  

सन् २००८ को एउटा अन्तर्वार्तामा माइक्रोसफ्टमा भएको गल्तीलाई  आफु र आफ्नो टिमले चाँडै पहिचान गर्न सकेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै बिल गेट्सले भनेका थिए, ‘ओहो हामीले अपनाई रहेको तरिकाले काम गरिरहेकोे छैन, यो समस्यालाई अब नयाँ दृष्टिकोणबाट हेर्नु पर्छ ।’ उनले आजका दिनसम्म धेरै गल्ति गरेका छन् र उनले तीनै गल्तीबाट सधंै सिकेका पनि छन् । उदाहरणका लागि विन्डो भिस्टालाई सम्झनुस् त ?

७.उनी पर्याप्त सुत्छन् 

हामी सबैलाई थाहा छ कि मान्छेका लागि निद्रा अति नै आवश्यक कुरा हो । सफल हुनका लागि एउटा मान्छेले कति अबेरसम्म र कति घन्टाको निद्रा कटौती गर्यो भन्ने कुरामा उनी विश्वास गर्दैनन् । जतिसुकै महत्वपूर्ण काम किन नहोस उनलाई ७ घण्टा सुत्नै पर्छ । ‘निद्रा पुगेन भने दिमाग सृजनशील भएर काम सक्दैन’ उनी भन्छन् । 

८.आफू के गर्दै छु भन्ने कुरामा उनी धेरै सचेत रहन्छन् 

हामी मध्ये धेरै काम बिग्रनुको पछाडी धेरै काम एकै समयमा गर्नु परेको कारणले हो भनेर सोच्छौ । तर गेट्स यस्तो विश्वास गर्दैनन् । एकै समयमा जतिसुकै काम गरे पनि ‘कन्सनट्रेसन’ भयो भने गल्ति हुने सम्भावना धेरै कम हुने कुरामा विश्वास गर्छन । गेट्स कुनै पनि काम गर्दा निकै चनाखो हुन्छन् । उनी एकै समयमा भिन्दाभिन्दै किसिमका काम गर्छन् ।

  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १:३०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया