सिरानीमुनि के राखेर सुत्ने ?

जीवनमा यदि लामो समयसम्म निराशा छाएको छ र आफू असफल भइरहेको छु भन्ने लाग्छ भने केही वास्तुसम्बन्धी टिप्सलाई मान्दा सफलता मिल्न सक्छ । सफलता मिल्ने बाटो भनेको वास्तुमाथिको विश्वास त होइन, तर यसले मनोबल बढाउने काम भने पक्कै गर्छ  ।

तर, यसको अर्थ के होइन भने सबै कुरा वास्तुअनुसार नै हुनुपर्छ । वास्तुअनुसार सबै कुरा घरमा नभए पनि केही कुरा चाहिँ हामीले फलो गरेको खण्डमा हामीलाई सफलता मिल्न सक्छ । तीमध्ये सुत्नुभन्दा अगाडि सरानीको छेउमा वा सिरानीमुनि के राख्ने भन्ने पनि एउटा महत्वपूर्ण  कुरा हो । 

वास्तुलाई मान्ने हो भने सिरानीमुनि गीता वा सुन्दरकान्ड राख्ने हो यसले हामीलाई चिन्ताबाट बाहिर निकाल्छ । यसले हामीलाई सकारात्मक ऊर्जा दिने मात्र होइन, दिनभर ताजगी महसुस पनि गराउने विश्वास गरिन्छ । गीता सिरानीमुनि राख्दा गुरु ग्रहको सकारात्मक प्रभाव पनि पर्ने विश्वास गरिन्छ । 

मंगलबारको राति कुनै हरियो कपडामा बाँधेर मुँगको दाल पनि सिरानी मुनि राख्ने हो भने यसले घरमा निकै सकारात्मक प्रभाव पार्न सक्छ । अझ विशेषगरि झगडा परिरहने श्रीमान् श्रीमतीका लागि यो निकै उपयोगी हुन्छ भन्ने मानिन्छ । 

सुत्नुअगाडि सिरानी छेउ तामाको भाँडामा पानी राख्ने र त्यसले विहानमा उठेर मुख धुने तथा त्यसलाई अरुले कुल्चन नमिल्ने ठाउँमा फाल्नु पर्छ । यसले शान्ति ल्याउने र मानिसलाई सफलतातिर डोर्याउने विश्वास गर्न सकिन्छ । पैतृक सम्पत्तिबाट लाभ होस् भन्ने चाहनेले पनि यसलाई फलो गर्न सक्ने विश्वास गरिन्छ । 

यदि कसैले नराम्रा सपना देखिरहेको छ र ती सपनाहरुबाट छुटकरा पाउनुका साथै केही नयाँ गर्न खोज्छ भने उसले फलामको केही टुक्रा सिरानीमुनि राख्दा राम्रो हुने मानिन्छ । यसका लागि हामीले चाबीको पनि सहयोग लिन सक्छौँ । 




 



  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार २३:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया