ट्वाइलेटमा मोबाइल प्रयोग गर्नुहुन्छ ? होसियार हुनुहोस्

एजेन्सी– अहिलेको जमानमा मोबाइलको प्रयोग जरुरतभन्दा पनि अगाडि बढिसकेको छ । केही अघिसम्म  फोन गर्न मात्र प्रयोग हुने मोबाइल अब जीवनका अनेक हिस्साहरुलाई समेटेर अगाडि बढिरहेको छ । हामी सुतेर उठ्दा चाहिने अलार्म होस् या बजारमा केही किनेर पैसा तिर्न नै किन नहोस्, मोबाइलको प्रयाृग बढ्दो छ । योसँगसँगै केही मानिसहरु त ट्वाइलेटमा पनि मोबाइल लिएर बस्ने गर्छन् । तर, यो स्वास्थ्यका लागि निकै नराम्रो बानी हो । 

ट्वाइलेटमा मोबाइल लिएर जाने हो भने अत्यधिक धेरै ब्याक्टेरिया हाम्रो मोबाइलमा जोडिनेछन् । ट्वाइलेटबाट निस्कँदा हामी हात त धुन्छौँ तर मोबाइल धुन सक्दैनौँ । यस्तो हुँदा त्यहाँबाट ती ब्याक्टेरियाहरु बाहिर आउँछन् जुन हाम्रो पेटसम्म पुग्छन् ।

झन् सार्वजनिक शौचालयहरुमा जसले मोबाइल प्रयोग गर्छ, उसलाई धेरै समस्या देखिने निश्चित हुन्छ । अर्कोतिर हामीले मोबाइल प्रयोग गरिरहँदा मोबाइल तात्ने भएकाले ब्याक्टेरियाहरुलाई त्यहाँ सहज वातावरण हुन्छ जुन पछि हामीलाई समस्या बन्छन् । 

त्यसैले ट्वाइलेटमा मोबाइल प्रयोग गर्ने बानी जति सक्दो छिटो छोडेको नै राम्रो हुन्छ ।





  • प्रकाशित मिति : असोज २, २०७८ शनिबार २३:५५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया