पत्रकार हरिबहादुर थापाद्वारा ‘सुप्रबल जनसेवाश्री पदक’ पदक अस्वीकार
फाेटाे : थापाकाे फेसबुकबाट

पत्रकार हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ पदक अस्वीकार गरेका छन् ।

पत्रकार थापाले सामाजिक सञ्जालमार्फत् पदक अस्वीकार गरेकाे बताएका हुन् । 

उनले लेखेका छन्, ‘विगतमा मलाई पदकका लागि पटकपटक सोधिएको र मैले अस्वीकार गरिआएको जानकारी गराउँछु । यसपाली भने सोध्दै नसोधी मेरो नाम आएछ । सुप्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लिखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु ।’ 

साताैं संविधान दिवसको अवसरमा सरकारले थापासहित ९०३ जनालाई विभूषण तथा पदक दिने घाेषणा गरेकाे थियाे ।

यसभन्दा अगाडि कार्टुनिस्ट रवीन सायमीले पनि ‘प्रवल जनसेवाश्री’ पदक अस्वीकार गरिसकेका छन् ।






  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १०:३४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया