सरकारले दिने पदक सूचीमा झलनाथ खनालदेखि कृष्णप्रसाद भट्टराईसम्म

सरकारले आज संविधान दिवसको दिन यस वर्ष मानपदवी, अलंकार र पदकद्वारा सम्मानित गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको सूचीमा पूर्व प्रधानमन्त्री झलनाख खनालदेखि कृष्णप्रसाद भट्टराईसम्म रहेका छन् । 

सरकारले स्व.कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्नले विभूषित गर्ने निर्णय गरेको छ। राष्ट्र गौरव पदकबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शम्शेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विभूषित गर्ने सरकारले निर्णय गरेको छ । 

सरकारले सार्वजनिक गरेको सूचीमा महाउज्ज्वल राष्ट्रदीपबाट प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबरा, राजनीतिज्ञहरू स्वं तुल्सीलाल अमात्य, मंगलादेवी सिंह र मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वं दुर्गानन्द झा र स्वर सम्राट स्वं नारायण गोपाल गुरुवाचार्यलाई विभूषित गर्ने उल्लेख छ । 

राजनीतिज्ञहरू प्रदिप नेपाल, स्व. पोष्टबहादुर बोगटी, स्व. मार्सल जुलुम शाक्य र पि.एल.सिंहलाई सुप्रसिद्ध प्रवल जनसेवाश्रीले विभूषित गर्ने सरकारले निर्णय गरेको छ । 





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार ११:४७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया