कृष्णज्वाला देवकोटाले पनि अस्वीकार गरे सरकारको पदक

नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले सरकारले दिएको पदक अस्वीकार गरेका छन् । उनले आज सरकारले संविधान दिवसको अवसरमा घोषणा गरेको ‘सुप्रवल जनसेवाश्री पदक अस्वीकार गरेका हुन् ।  

‘ढिलो उठ्ने मान्छे, ढिलै थाहा पाएँ । नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद । तर, पदकहरूको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैँ पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ । नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ’, देवकोटाले फेसबुकमा लेखेका छन् । 

त्यस्तै,इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापा, नागरिक दैनिकका कार्टुनिस्ट रविन सायमी, नेपाल समयमा प्रधान सम्पादक नारायण अमृतले पनि सरकारले दिने पदक स्वीकार गरेका छन् । 

सरकारले मानपदवी, अलङ्कार र पदकको घोषणा गर्दा पारदर्शिता नआउँदा, राम्राभन्दा ‘हाम्रा’ भन्नेहरूलाई बढी समेट्दा पछिल्ला वर्षहरूमा विभूषण अस्वीकार गर्ने क्रम बढेको छ । 
 






  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १४:४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया