साताकाे पहिलाे दिन सुनचाँदीकाे मूल्य कति ?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ८९ हजार १०० रुपैयाँमा काराेबार भइरहेकाे सुन आज (आइतबार) पनि साेही मूल्यमै काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ६५० कायम गरिएको छ ।  

सुनकाे मूल्य स्थिर रहँदा चाँदीकाे मूल्यमा भने प्रति ताेलामा २० रुपैयाँले घटी एक हजार १५० रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार चाँदी एक हजार १७० रुपैयाँमा काराेबार भएकाे थियाे ।

महासंघले काेराेनाकाे प्रभाव कम भएकाे र चाडबाड नजिकिँदै गर्दा सुनचाँदीकाे माग बढेकाले नेपाल राष्ट्र बैंकसँग ४० किलाे सुन उपलब्ध गराइदिन माग गरेकाे छ।





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १४:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया