तौल कम गर्नु छ ? यी सागसब्जीको प्रयोगले तपाइलाई सहयोग गर्छ

बदलिँदो जीवनशैली र खानपिनमा उचित ध्यान नदिनाले मान्छेमा दिनदिनै नयाँ नयाँ स्वास्थ्य सम्बन्धि समस्याहरु देखा परेका छन् । ती मध्ये मोटोपन पनि एउटा मुख्य समस्या बनेको छ । आजभोली त मोटोपन धेरैका लागि सामान्य समस्या नै भइसक्यो ।

तुलनात्मक रुपमा मोटोपनको शिकार सहरमा बस्ने मान्छे बढी हुने गर्दछन् । तर खानपिनमा सामान्य हेरफेर गर्न सकेको खण्डमा मात्र पनि मोटोपनको समस्याबाट मुक्त हुन अथवा मोटोपन कम गर्न सकिन्छ । हामी तपाईलाई आज केही त्यस्ता सागसब्जीका बारेमा बताउँदै छौं, जसको प्रयोगले मोटोपन कम गर्न धेरै सहयोग गर्दछ ।  
 

गाजर 

मोटोपन कम गर्ने कुरा गर्दा गाजरलाई प्रथम स्थानमा राख्न सकिन्छ । गाजरलाई सलादको रुपमा या पकाएर जसरी सेवन गर्दा पनि यसले मोटोपनलाई कम गर्न सहयोग गर्दछ । मोटोपन सँगसँगै यसको सेवनले शरिरको तौल पनि कम गर्न सहयोग गर्दछ । 
 

काँक्रो 

काँक्रोमा अत्याधिक पानीको मात्रा हुन्छ । यसको अलावा काँक्रोमा फाइबर पनि त्यत्तिकै हुन्छ । काँक्रोमा कार्बोहाइड्रेड नहुने हुनाले यसले मोटोपन कम गर्न निकै सहयोग गर्दछ । मोटोपनलाई सहयोग गर्ने कुनै पनि प्रकारको तत्व काँक्रोमा हँुदैन । काँक्रोलाई पनि सलाद या पकाएर जसरी सेवन गरे पनि यसले मोटोपन र तौल घटाउनमा सहयोग गर्छ । 
 



काउली 

तरकारीको कुरा गर्ने हो भने काउली एकदमै फाइदाजनक छ । यो स्वादिलो हुनुको साथसाथै फाइबरयुक्त पनि छ, जसले मोटोपनलाई कम गर्न निकै सहयोग गर्दछ ।  यो लो–डेनसिटि खाना हो । यसमा फ्याटको मात्र हँुदैन र फाइबरको मात्र अत्याधिक हुन्छ । यदि तपाई तौल र मोटोपन कम गर्ने सोच्दै हुनुहुन्छ भने यो सबै भन्दा राम्रो विकल्प हो । 
 



खुर्सानी 

हरियो होस् या सुकेको खुुर्सानी दुवै स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ । यसको सेवनले शरिरमा मेटाबोलिज्मको मात्र बढ्छ र मोटोपन घटाउनमा सहयोग गर्छ ।  

 

 

 

  

  • प्रकाशित मिति : कात्तिक ५, २०७५ साेमबार ९:१०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया