माओवादी जनयुद्धमा मारिएका माओवादीका दुई कमाण्डरले पनि जनसेवाश्री पदक पाएका छन् । कालीकोट नरहरिनाथ गाउँपालिका कमलबहादुर विष्ट र अमरबहादुर विक पनि जनसेवाश्री पदक पाएका हुन् ।
सातौं संविधान दिवसका अवसरमा कालीकोट नरहरिनाथ गाउँपालिका–८ का विष्ट र वडा नं. ६ का विकलाई जनसेवाश्री पदकबाट सम्मान गरिएको हो । उनीहरू २०५२ सालमा माओवादी जनयुद्ध सुरु गर्दा आन्दोलनमा गएका थिए ।
माओवादी जनयुद्धमा सुरु हुँदा दुवै जनाले एसएलसीसम्मको अध्ययन गरेका थिए । विक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता खड्कबहादुर विश्वकर्माका भाई हुन् ।
माओवादीका सहायक बिग्रेड सहायक-कमाण्डर रहेका उनीहरू ७ चैत २०६० मा बेनी आक्रमण मारिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।