टोटेनहमलाई चेल्सीको चुनाैती

इंग्लिस प्रिमियर लिगमा आइतबार राति टोटेनहमले लन्डन क्लब चेल्सीको सामना गर्दैछ । खेल टोटनहमको घरेलु मैदान हटस्पर स्टेडियममा नेपाली समयअनुसार राति सवा ९ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा टोटेनहम चेल्सीलाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । टोटेनहम ९अंक जोडेर सातौं स्थानमा छ ।

अपराजित रहेको चेल्सी घरेलु टाेलीलाई स्तब्ध पार्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक बराबरी गर्ने लक्ष्यसहित मैदान उत्रनेछ । टोटेनहमलाई हराउन सके चेल्सीले लिभरपुलको १३ अंकसँग बराबरी गर्नेछ । 

यी दुई टोलीले हालसम्म १६९ खेलमा एक अर्काको सामना गर्दा चेल्सीले ७३ र टोटेनहमले ५५ खेल आफ्नो पक्षमा पार्दा ४१ खेल बराबरीमा सकिएको छ । यी दुईले पहिलोपटक सन् १९०९ मा तत्कालीन लिग डिभिजन वान (हाल प्रिमियर लिग) मा प्रतिस्पर्धा गरेका थिए । यो खेल चेल्सीले २-१ ले आफ्नो पक्षमा पारेको थियो । 

सन् २०२१ मा प्रिमियर लिग अन्तर्गत नै भएको पछिल्लो भेटमा पनि चेल्सी १-० ले विजयी भएको थियो । 

लिग अन्तर्गत आजै हुने अन्य खेलमा वेस्ट ह्याम युनाइटेडले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको सामना गर्दा ब्राइटनले लेस्टर सिटीलाई स्वागत गर्नेछ ।
 दुवै खेल नेपाली समय अनुसार पौने सातमा हुनेछन् । 





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १५:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया