कस्तो रहला प्रशिक्षक वाटमोरको विदाई ?

नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेका डेभ वाटमोरका लागि आज अन्तिम खेल हो । छोटो समयमा नै नेपाली क्रिकेटमा आशा देखाएका उनले पारिवारिक कारण देखाउँदै प्रमुख प्रशिक्षकको जिम्मेवारीबाट टाढिन लागेका हुन् । 

उनको प्रशिक्षणमा नेपालले दुई वटा सिरिज खेल्यो । दुई वटा सिरिजमध्ये उनले नेपालको घरेलु मैदानमा भएको नेदरल्यान्ड्स र मलेसियाबीच भएको त्रिकोणात्मक क्रिकेटमा उपाधि पनि दिलाए । श्रीलंकालाई एकदिवसीय विश्वकपको उपाधि दिलाएका वाटमोरले लामो समय नेपाली टिमको प्रशिक्षक बन्ने अनुमान गरिएको थियो । तर, उनले पूरा कार्यकाल पनि नेपालमा बिताएनन् । 

उमेश पटवालले गत फेब्रुअरीमा नेपालमा भएको आईसीसी विश्वकप लिग– २ सिरिजसँगै राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन भएको थियो ।
नेपालका लागि सम्भावना बोकेका प्रशिक्षक वाटमोरको खेलाडीहरूले पनि सुखद विदाई गर्ने योजनामा छन् । ओमान भ्रमणमा रहेका खेलाडीले सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा प्रशिक्षक वाटमोरलाई सुखद विदाई दिन चाहेको बताएका छन् ।
नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आज घरेलु टोली ओमानसँग खेल्दै छ । ओमान भ्रमणको अन्तिम खेलमा नेपाल जितका साथ अन्त्य गर्न चाहन्छ ।

मुख्य प्रशिक्षक वाटमोरको यो नेपाली क्रिकेट टिमका लागि अन्तिम खेल हो । नेपाली खेलाडी वाटमोरलाई जितका साथ विदाई गर्न चाहन्छन् । वाटमोरले ओमान भ्रमणपछि नेपाली टोली छाड्ने गरी राजीनामा दिइसकेका छन् ।

उनलाई आईसीसीको सहमतिअनुरूप नेपाल क्रिकेट संघ (क्यान) ले जनवरी १ देखि जिम्मेवारी दिएको थियो । प्रमुख प्रशिक्षक वाटमोरले प्रशिक्षकको जिम्मेवारी सम्हालेको आठ महिनामै राजीनामा दिएका हुन् ।

महामारीको समयमा परिवारसँग छुट्टिएर बस्नु परेको कारण देखाएर आफूले राजीनामा दिएको उनले बताएका छन् । पछिल्ला दुई खेलमा नेपालको ब्याटिङ–बलिङ चल्न सकेको छैन । ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । दुवै खेलमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै विधामा नेपालले कमजोर प्रदर्शन गरेको थियो । विशेषगरी ब्याटिङ सुधारमा विशेष ध्यान दिन आवश्यक छ ।



गैरजिम्मेवारी ब्याटिङ र खराब सर्ट छनोटको कारण नेपालको ब्याटिङ कमजोर रहँदै आएको छ । ब्याटिङमा जिम्मेवारी लिएर सबै खेलाडीलाई खेल्न आवश्यक छ । बलिङमा पनि नेपालको पछिल्ला दुवै खेलमा सम्झनलायक प्रदर्शन छैन ।

यो खेल पक्कै पनि वाटमोरका लागि सम्झनयोग्य रहनेछ  । नेपालले ओमानविरुद्ध जितहोस् वा हारोस् यसको श्रेय भने वाटमोरलाई नै जानेछ ।  



वाट्मोरपछि कसको हातमा जाला नेपाली क्रिकेटको जिम्मेवारी ?

  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १६:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया