ट्रेकिङ गाइडका लागि सहुलियतपूर्ण ऋणको आवेदन खुल्यो

कोभिडका कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरुका लागि सहुलियतपूर्ण ऋणको आवेदन खुल्ला गरिएको छ । नेपाल पर्यटन बोर्डले ७ दिनको समय तोकी सो सूचना जारी गरेको हो ।  

बोर्डले टिम्स कार्ड खरिद तथा बिक्री गर्ने ट्रेकिङ कम्पनीमा कार्यरत रहेकै बखत कोभिड १९ महामारीको कारण रोजगारी गुमाएका ट्रेकिङ गाइडहरूलाई व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्न सहुलियत दरमा ऋण प्रदान गर्न लागेको हो ।

पत्रयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन समितिको सचिवालय नेपाल पर्यटन बोर्डले यसका लागि निम्न सर्त अघि सारिएको छ । 

यसका लागि ट्रेकिङ गाइड लाइसेन्स लिएको हुनुपर्ने, कोभिड १९ महामारीपूर्व कम्तीमा ३ वर्ष ट्रेकिङ कम्पनीमा कायर्रत रहेको हुनुपर्ने, गाइडले सञ्चालन गर्ने व्यसायको परियोजना प्रस्ताव पेस गर्नुपर्नेलगायत प्रावधान छ ।





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १७:१६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया