संविधान दिवसमा सन्तोषको ‘म नेपाल हो’ सार्वजनिक

कलाकार सन्तोष अधिकारीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । संविधान दिवसको अवसर पारेर आइतबार अधिकारीको मुख्य भूमिका रहेको ‘म नेपाली हुँ’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीत अजय कुमार अधिकारीले लेखेका हन् । बादल थापा मगरको संगीत र स्वर रहेको गीतमा सुविन सेन्चुरीले संगीत संयोजन गरेका छन् । निशान कश्यपले निर्देशन गरेको म्युजिक भिडियोमा सन्तोष अधिकारीले २० वटा भूमिका निर्वाह गरेका छन् ।

‘एउटै भिडियोमा यति धेरै भूमिका निर्वाह गर्नु निक्कै चुनौती थियो । चुनौतीका साथमा सुरुमा त गर्न सक्छु भन्ने हिम्मत नै थिएन,’ सन्तोषले भिडियोसँग गाँसिएको आफ्नो अनुभव सुनाए ।

यो च्यालेन्ज फेस गर्नुका पछाडि निर्देशक कश्यपको निक्कै ठूलो हात रहेको अधिकारीले बताए । म्युजिक भिडियोमा सन्तोषलाई अतिथि कलाकार जैस्मीन तथा कञ्चन भुजेलले साथ दिएका छन् । भिडियोमा अमितेस कर्णको ड्रेस डिजाइन प्रयोग गरिएको छ ।

यथाशीघ्र मनोरञ्जनले निर्माण गरेको म्युजिक भिडियो छायांकन उत्तम हुमागाईंले गरेका हुन् । भिडियो सम्पादन निर्देशक कश्यपलेनै गरेका छन् ।





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार १७:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया