आइसिसी विश्व क्रिकेट लिग–२ : कप्तान ज्ञानेन्द्र मल्लको लगातार दोस्रो अर्धशतक

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानविरुद्धको खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका छन् । 

ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा भइरहेको खेलमा मल्लले ४३ बलको सामना गर्दै ४चौका र २ छक्काको मद्दतले लगतार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरेका हुन् । 

यसअघि उनले अमेरिकाविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए । योसँगै उनी एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि ४ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । 





  • प्रकाशित मिति : असोज ३, २०७८ आइतबार २१:५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया