आज प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयक पास गर्ने तयारी
फरकधार / ४ असोज, २०७८

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । 



भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधिसभाको बैठक एमालेले लगातार अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधबीच सरकारले विनियोजन विधेयक पास गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने तयारी गरेको हो । 

आज ११ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने कार्यक्रम उल्लेख गरिएको छ । 

आज विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकमाथि छलफल हुने र अर्थमन्त्रीले जवाफ दिनेछन् । संसदमा दर्ता भएका संशोधन प्रस्तावहरु र विनियोजन विधेयक निणयार्थ पेश गर्ने कार्यसूची छ । 
 



  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार ९:४६:३१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया