इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली युभेन्टस बराबरीमा रोकिएको छ । उसले एसी मिलानसँग १-१ को बराबरी खेलेको हो ।
खेलको चौँथो मिनेटमा एल्भारो मोराटाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
७६ औँ मिनेटमा एन्ट रेबिचले गो गर्दै मिलानलाई बराबरीमा ल्याए । त्यसपछि कुनै गोल हुन नसक्दा दुवै टोली अंक बढ्न बाध्य बने ।
यो नजितासँगै मिलान ४ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहँदा युभेन्टस समान खेलबाट २ अंकका साथ १८ औँ स्थानमा छ ।
लिग अन्तर्गत आइतबार नै भएका अन्य खेलमा स्पिजियाले भेनिजियामाथि २-१, भिरोनाले रोमामाथि ३-२ तथा साम्पडोरियाले इम्पोलीमाथि ३-० को जित दर्ता गर्दा काग्लियरी र लाजियोले २-२ को बराबरी खेले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।