नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीजति झुट बोल्ने मान्छे नेपालमा अरू नभएको टिप्पणी गरेका छन् ।
सहिद सूर्यनाथ रान यादवको ३६ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले सम्बोधनको क्रममा भने, ‘केपी ओली छन् नि, झुट बोल्न त्यतिको सिपालु मान्छे सायद नेपालमा अरू छैनन् । झुट बोल्न सिपालु । ’
साथै, उनले माओवादी केन्द्रलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने बताए । ‘हाम्रो पार्टीले आफूलाई रूपान्तरण गर्नैपर्छ । हाम्रो पार्टी विस्तारै विस्तारै एमालेकरण हुन थाल्यो, एमालेजस्तै जस्तो झुटमुट, बेइमानी, जालझेल, पद जरी पनि प्राप्त गर्ने एमाले भनेको त्यही हो’, उनले भने ।
उनले अघि भने, ‘धोका चाँहि आफू दिने, अर्कोलाई धोकेवाज भन्छन् । हो, त्यस्तो खालको र पद प्रतिष्ठाको निम्ति विचार, सिद्धान्त, निष्ठा भन्नेलाई पोलेर खान एकछिन पनि गाह्रो नमान्ने मान्छेहरूको जमात रहेछ त्यहाँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।