प्रतिनिधिसभाको अर्को बैठक असोज ७ गते बस्नेगरी स्थगित

प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । अर्को बैठक आगामी असोज ७ गते दिउँसो २ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको थियो । यद्यपि एमालेको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले सदनको कामकारबाही अघि बढाए । 

एमालेको अवरोधकाबीच विनियोजन विधेयक बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरेका छन् । एमाले नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको आर्थिक वर्ष २०७८÷७९ को बजेटलाई देउवा नेतृत्वको गठबन्धन सरकारले प्रतिस्थापन विधेयकमार्फत परिमार्जित बजेट पेस गरेको थियो ।

विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरूमाथि सभामुखले छलफल सुरू गराएका थिए । 

त्यस्तै आजै आर्थिक विधेयक पनि पारित गरिएको छ ।
 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १२:२६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया