सभामुखसँग अतिरिक्त सहयोग मागेका होइनौं, विभेद नगर्न भनेका हौं : एमाले

नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले नै संसद गतिरोध अन्त्यका लागि भूमिका खेल्नपर्ने र निकास दिनुपर्ने स्पष्ट पारेकाे छ । 

प्रतिनिधिसभाको आजको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराइले आफूहरूमाथि भएको विभेदविरुद्धका लागि अनवरत आवाज उठाएको बताए ।

‘हामी सांकेतिक रूपमा, लाक्षणिक रूपमा, हामीमाथि भएको विभेद र अन्यायका विरुद्ध अनवरत आवाज उठाइरहेका छौं । हामी न्यायालय पनि गएका हुनाले हामी अपेक्षा गर्छौं । तर, सभामुखले नै यसको निकास दिनुपर्छ । सत्तापक्षले नै यसको निकास दिनुपर्छ’, भट्टराईले संचारकर्मीसँग भने ।

साथै, उनले अदालतको आदेश मानेर अघि बढ्ने पनि बताए । उनले भने, ‘यसबारेमा अदालतले कुनै आदेश दिएको छैन् । आदेश दिएपछि त मान्छौं ।’

सभामुखबाट अतिरिक्त सहयोग आफूहरूले नचाहेको बताउँदै उनले अघि भने, ‘सभामुखज्यूलाई एमाले अदालत जान्छ भन्ने थाहा पाएर विभेद गर्नुभएको पक्कै होइन । हामीले अतिरिक्त सहयोग चाहेको होइन । अरू सरहको व्यवहार गर्नुस् भनेको हो । जे गर्दा पनि सहेर बस्नु भनेर हामीलाई जनताले भनेका छैनन । उहाँले त्यही नगरेका कारणले एमाले सहेर बस्न सकेन ।’

संवाद र वार्ताका लागि तयार भएको बताउँदै भट्टराईले भने, ‘संवादका लागि हामी सधैं खुल्ला छौं । एमाले संवाद,वार्ता र शान्तिपूर्ण पहलमा सधैं आएको छ।’
 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १३:१२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया