मदन र गौरीको ‘सुनको कचौरी’ सार्वजनिक

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । अघिल्लो हप्तामात्रै श्रेष्ठले गाएको ‘जीवनको पाना’बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीतले राम्रो चर्चा कमाइरहेका बेला उनको ‘सुनको कचौरी’ बोलको गीत सार्वजनिक भएको हो ।

श्रेष्ठले गाएको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा विनाेद चाैधरीलाई सम्मान गरिएको छ । 

देविथान म्युजिकले गरेको उक्त सम्मानमा चाैधरीलाई कदरपत्र र दुर्गाको प्रतिमा प्रदान गरिएको थियो । चौधरीले नेपाली कला र साहित्य क्षेत्रमा पुर्‍याएकाे योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो । त्यसैगरी कला क्षेत्रमा लामो योगदान दिएवापत नीर शाह, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

सार्वजनिक गीतमा मदनकृष्णलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् । राजनराज शिवाकोटीको शब्द संगीत रहेको गीतको म्युजिक भिडियो राजेश पूमा राईले निर्देशन गरेका हुन् । भिडियोमा मदनकृष्णका साथमा गौरी मल्लले अभिनय गरेकी छन् ।

म्युजिक भिडियो उत्सव दहालले खिचेका हुन् । सन्तोष राजबाहकको कोरोयोग्राफी रहेको भिडियो सम्पादन विकास दहालले गरेका हुन् ।





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १५:४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया