कांग्रेस महाधिवेशन : कालीकोटमा उम्मेदवारी घोषणा गर्ने बढे, देउवा र पौडेल समूहबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको रौनक सबैतिर छ । नेतृत्वमा को पुग्ने भन्ने प्रतिस्पर्धाले गाँउ नगरमा सरगर्मी बढ्दै गएको हो । अधिकांश जिल्लाका वडा अधिवेशन सम्पन्न भइसकेका छन् । केही जिल्लामा भने अधिवेशन हुन बाँकी छ । नगरको अधिवेशन असोज ९ गते तोकिएको छ ।  

वडादेखि केन्द्रसम्म कांग्रेसको नेतृत्व कसले गर्ने भन्ने चुनावी प्रतिस्पर्धा मात्रै चलेको छैन कांग्रेसलाई कस्तो बनाउने भन्ने नीतिगत बहस पनि भइरहेको छ । ​कालीकोटमा पनि उम्मेदवारीको घोषणा गर्ने बढेका छन् । त्यहाँ जिल्ला पदाधिकारीका लागि घोषणा गर्ने बढेका हुन् । 

कालीकोटमा असोज १५ गते हुने निर्वाचनका लागि सभापतिमा हर्षबहादुर बम, मोतिराज बम, दमन शाही, अम्मबहादुर शाही र शंकर उपाध्याय न्यौपानेले उम्मेदवारी घोषणा गरिसकेका छन् । 

त्यस्तै, उपसभापतिका लागि मीनबहादुर बोगटी, कालीबहादुर बिष्टले पनि उम्मेदवारीको घोषणा गरेका छन् । सहसचिवमा नरेश बमलगायतका नेता कार्यक्रताले उम्मेदवारीको घोषणा गरेका छन् ।  

कालीकोटमा शेरबहादुर देउवा र रामचन्द्र प्यानलबीच चुनावमा प्रतिस्पर्धा हुने देखिएको छ । 
 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १५:२५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया