बार्सिलोनालाई ग्रानाडाको चुनौती

स्पेनिस ला-लिगा अन्तर्गत सोमबार हुने खेलमा बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा ग्रानाडाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ।

बार्सिलोना ग्रानाडामाथि जित निकाल्दै अंक तालिकामा सुधार गर्ने दाउमा हुनेछ। हाल बार्सिलाेना ३ खेलमा २ जित र १ बराबरीको नतिजासहित ७ अंक जोडेर १० औँ स्थानमा छ ।

खराब लयबाट ग्रुजिरहेको ग्रानाडा पनि घरेलु टोलीलाई स्तब्ध पार्दै आफ्नो आत्मविश्वास फर्काउन चाहन्छ । ग्रानाडा हाल ४ खेलमा समान २-२ बराबरी र हारको नतिजासहित २ अंकका साथ १७ औँ स्थानमा छ ।

यी दुईबीचको पछिल्ला पाँच भेटमा बार्सिलोना ३ र ग्रानाडा २ खेलमा विजयी भएका छन् । 

ला-लिगा अन्तर्गत नै भएको पछिल्लो भेटमा ग्रानाडा २-१ ले विजयी भएको थियो । उ आज पनि त्यसलाई निरन्तरता दिने प्रयासमा हुनेछ । 

तर उसलाई घरेलु टोली विरुद्ध जित निकाल्न त्यति सहज भने हुने छैन । लिगमा हालसम्म अपराजित रहेको बार्सिलोना आज पनि त्यसलाई कायम राख्न चाहन्छ । 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार १५:३०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया