नेकपा (एकीकृत समाजवादी) जाजरकोट जिल्ला कमिटीको अध्यक्षमा कृष्ण विसी चयन भएका छन् । उनको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
आइतबार भएको एकीकृत समाजवादीको अगुवा कार्यकर्ता भेलाबाट उपाध्यक्षमा कमानबहादुर खड्का, सचिवमा गंगबहादुर शाही, उप–सचिवमा मानबहादुर बुढा चयन भएका हुन् ।
भेलामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले कम्युनिस्ट सिद्धान्त, मूल्य, मान्यता र आचरणमा रहेका नेता कार्यकर्ताहरूलाई पद, कुर्सी र पैसाको मोह नहुने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।