कोरोना महामारीकाे रातो सूचीमा राख्दै बेलायतले नेपाललाई लगायाे यात्रा प्रतिबन्ध

बेलायतले नेपाललाई कोरोना महामारीको रातो सूचीमा राखेको छ । रेड, एम्बर र ग्रिन गरी तीन सूचीमा गरिएको वर्गीकरणमा नेपाल रातो सूचीमा परेको हो ।

बेलायतले १७ सेप्टेम्बरमा यात्रा निर्देशिका जारी गर्दै महामारीको जोखिम रहेका मुलुकलाई तीन तहमा विभाजन गरेको छ। 

 बेलायतले नेपालसँगै अफगानिस्तान, बंगलादेश, ब्राजिल, म्यानमार, नामिबिया, मंगोलिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, सुडान, थाइल्यान्ड, टर्कीलगायत ६२ मुलुकलाई रेड लिस्टमा राखेको हो । 

भारतलाई भने एम्बर लिस्ट अर्थात कोरोनाको कम जोखिम भएको मुलुकको सूचीमा राखिएको छ। 

रातो सूचीमा परेका मुलुकका नागरिकहरुले बेलायत भ्रमण गर्न पाउने छैनन्। 





  • प्रकाशित मिति : असोज ४, २०७८ साेमबार २२:१०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया