विश्वमा पछिल्लो २४ घन्टामा मात्रै झण्डै पाँच लाख कोरोना संक्रमित निको भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा १ लाख ५ हजार ९२२ जना संक्रमित निको भएका छन् भने भारतमा ३४ हजार, ४७०, बेलायतमा २९ हजार १९५, टर्कीमा २७ हजार ९४९, इरानमा २७ हजार ११९ जना संक्रमितले कोरोना जितेका छन् ।
पछिल्लो २४ घन्टामा विश्वमा ३ लाख ८७ हजार ३८२ जना संक्रमित थपिएका छन् भने ५ हजार ५२६ जनाको मृत्यु भएको छ ।
अमेरिकामा ६३७, रुसमा ७७८, इरानमा ३४४, मलेसियामा ३०१, भारतमा २५१, ब्राजिलमा २४८ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी अमेरिकामा ७६ हजार ५९९ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।