भस्मासुर तालिबान : आफ्नै सुप्रिमोको हत्या, बरादर बन्धक

अफगानिस्तानको सत्ता कब्जा गरेपछि तालिबान नेताहरुबीच आपसी द्वन्द्व चर्किएको छ । उनीहरुले आन्तरिक रुपमा रक्तपातपूर्ण संघर्ष थालेका छन् । 

बेलायतको एक म्यागजिनका अनुसार, सत्ताको लडाइँमा तालिबानी सर्वेसर्वा (सुप्रिमो) हिबतुल्लाह अखुन्दजादाको हत्या भएको छ भने उपप्रधानमन्त्री मुल्ला बरादरलाई बन्धक बनाइएको छ ।
 
सत्ताका निम्ति चलेको यो लडाइँ तालिबानका दुई गुटबीच भएको हो । म्यागजिनका अनुसार, हक्कानी गुटसँग भएको यो लडाइँमा सबैभन्दा बढी नोक्सान मुल्लाह बरादरलाई हुन गएको छ । म्यागजिनले आफ्नो रिपोर्टमा सेप्टेम्बर महिनामा तालिबानका दुई गुटबीच बैठक भएको उल्लेख गरेको छ । 

उक्त समयमा यस्तोसम्म अवस्था आयो कि, हक्कानी नेता खलिल–उल रहमान हक्कानी आफ्नो कुर्सीबाट उठे र बरादरलाई मुक्का हान्न थाले ।
बरादरले तालिबान सरकारको क्याबिनेटमा गैरतालिबानी र अल्पसंख्यकलाई पनि स्थान दिनुपर्ने दबाब दिँदै आएका थिए । यसबाट तालिबान सरकारलाई अन्तर्राष्ट्रिय मान्यता मिल्ने उनको भनाइ थियो । 
उक्त झडपपछि केही दिन हराएका उनी पुनः कन्धारमा देखापरेका थिए । रिपोर्ट मुताबिक, बरादरले आदिवासी नेताहरुसँग कुराकानी गरेका थिए । 

आदिवासीले पनि उनको समर्थन गरेका थिए । बरादरमाथि दबाब दिँदै उनीबाट एक भिडियो सन्देश जारी गर्न लगाइएको थियो । म्यागजिनको दाबी के पनि छ भने, उक्त भिडियोबाट बरादरलाई बन्धक बनाइएको संकेत मिल्छ । 

अर्का नेता अखुन्दजादा कहाँ छन् भन्ने कुरा गोप्य नै रहेको रिपोर्टमा बताइएको छ । उनली लामो समयदेखि देखिएका छैनन् न त उनले कुनै सन्देश नै जारी गरेका छन् । 

यो अवस्थाका कारण अखुन्दजादाको मृत्यु भइसकेको आशंका गरिएको हो । यसअघि तालिबानभित्र सत्ताका निम्ति यस्तो संघर्ष कहिल्यै भएको थिएन । तालिबान र हक्कानी नेटवर्क २०१६ मा एक भएका थिए ।



तालिबानको विश्वसनीय छवि बनाउने प्रयास थियो, बरादरको । राम्रो छवि बन्न सक्दा अन्तर्राष्ट्रिय मान्यता मिल्नुका साथै सहयोग पनि प्राप्त हुने उनको बुझाइ थियो । 

यसैबीच, हक्कानी नेटवर्क आत्मघाती हमलाको वकालत गर्न थाल्यो । 



अफगानिस्तानमा शरणार्थीका मन्त्री खलिल हक्कानीको नाम संयुक्त राष्ट्र संघले आतंककारीको सूचीमा सामेल गरेको छ ।

के पनि आशंका गरिएको छ भने, हक्कानीको सीधा सम्पर्क पाकिस्तानसँग रहेको छ । पाकिस्तानले पनि तालिबान सरकारमा हक्कानीको बोलवाला रहेको देख्न चाहेको आशंका गरिन्छ ।   

  • प्रकाशित मिति : असोज ५, २०७८ मंगलबार १२:२९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया