स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३३० कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नौ हजार ६२६ जनाको पिसिआर र तीन हजार ९९६ को एन्टिजेन परीक्षण गर्दा क्रमशः एक हजार ३६ र २९४ गरी एक हजार ३३० जना संक्रमित थपिएका हुन्।
एक हजार ८३० जना कोरोनामुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ५५ हजार २४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म देशभर खोप लगाउनेको कुल संख्या एक करोड १९ लाख ४९ हजार ६१५ जना पुगेको छ ।
६२ लाख ३० हजार ८२३ जनाले पहिलो डोज खोप लगाएका छन् भने ५६ लाख २८ हजार ७९२ ले पूर्ण मात्राको खोप लगाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।